विष्णु माझीको चरी जेलैमाको चर्चा किन ? – Kanika Khabar
Saturday, April 20Nepali News Portal

विष्णु माझीको चरी जेलैमाको चर्चा किन ?

    मा प्रकाशित

May be an image of 1 person, standing and outdoors
विवेक खड्का

नेपाली गीतसंगीतको क्षेत्रकी सबैभन्दा महँगी गायिका विष्णु माझीले गाउने प्रायः गीत चर्चाको शिखरमा पुग्ने गरेका छन् । लोकगीत मात्र गाउने माझी विशेषगरी सार्वजनिक नहुने कारणले निकै चर्चामा छिन् । साथै उनको स्वर र उहाँले लिने पारिश्रमिकले निकै चर्चा पाउँछ ।
विष्णु सार्वजनिक नभएले आमदर्शकले खोजिरहेका हुन्छन् । अखिर गायिका विष्णुले आफ्नो अनुहार किन देखाउन चाहन्निन् ? के उनलाई परिवारले बन्देजमा राखेको छ ? के विष्णु अप्ठ्यारोमा परेकी हुन् ? यस्ता प्रश्न विष्णुका फ्यानहरूबाट आइरहन्छ । तर विष्णुले एकपटक स्याङ्जाको प्रहरी कार्यालयमा पुगेरै आफूलाई कसैले बन्धकमा नपारेको र आफ्नो खुशीले आफू सार्वजनिक नभएको बताएकी थिइन् । त्यसपछि केही समय सामाजिक सञ्जालमा विष्णुबारे टीकाटिप्पणी कम भएको थियो ।

अहिले पनि विष्णुका बारे टीकाटिप्पणी चलिरहेको छ, कारण हो ‘चरी जेलैमा’ तीज गीत । ‘पुतलीको भट्टी’ भाग १७ का रूपमा ल्याइएको यस गीतले यतिबेला टिकटकदेखि सामाजिक सञ्जालसम्म चर्चा बटुलिरहेको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा सुन्दरमणि अधिकारीको शब्द/संगीत, विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ । सुन्दरमणिकै निर्माण, निर्देशन रहेको गीतको भिडियोमा शिव विकको कोरियोग्राफी छ । तीजको अवसर पारेर जथाभावी गीत सार्वजनिक भएको समयमा यो गीत मौलिक छ । विवाहित चेलीको वेदना प्रस्तुत गरिएको गीतमा खराव श्रीमानका कारण चेलीले पाउने पीडालाई गीतमा व्यक्त गरिएको छ । युट्युबमा १८ अगष्टमा सार्वजनिक गीतले ६ दिनमा ३१ लाखभन्दा बढी पटक हेरिएको छ । सुजन शाहीको सम्पादन रहेको भिडियो शम्भु चालिसेले छायांकन गर्नु भएको हो ।

 

गीतको चर्चा हुनुमा राम्रो गीत र विष्णुको स्वर मात्र होइन गीतका शब्दका कारण सो गीत अझ बढी चर्चामा छ । सामाजिक सञ्जालमा विष्णुले आफ्नो जीवनमा मिल्ने गीत गाइन् भन्दै लेखिरहेको देखिन्छ । त्यस कारण यो गीत अझ चर्चामा छ । टिकटकलगायत झट्ट हेरिने सामाजिक सञ्जालमा क्लिप भाइरल छन् जसको क्याप्सनमा विष्णुले आफ्नो जीवनको गीत गाइन् भन्दै राखेको देखिन्छ । तर, यस विषयमा विष्णु वा उनको परिवारले कुनै प्रतिक्रिया जनाएको छैन । गीतसंगीतका कतिपय अग्रजहरूले गीतको शब्दलाई लिएर नहुने हल्ला फैलान नहुने तर्क राखेका छन् ।

 

सर्जक सुवास रेग्मीले फेसबुकमा लेखेका छन् , ‘आफ्नो कला/क्षमता र आवाजले चिनिएकी एकमात्र गायिका विष्णु माझी । उनलाई चल्न र चर्चित हुनलाई कुनै किसिमको नौटंकी गर्नै पर्दैन । कुनै मिडियामा आउन पर्दैन÷सामाजिक सञ्जालमा छाउन पर्दैन र युटुबे बुंगाहरूका दैलोमा धाउन पर्दैन, जे गरेकी छन् ठीक गरेकी छन् । अनि उनी सन्ताउन्ने सैतान जस्तै बुद्धिहीन पनि छैनन् ।’ अहिले अन्य सर्वसाधारण तथा सर्जकहरूले यसै गीतको विषयमा सामाजिक सञ्जालमा लेखेको देखिन्छ ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्