दाङको सिस्ने खोलाले गाडी बगाउँदा ४ जनाको मृत्यु, १ जना घाइते – Kanika Khabar
Saturday, March 2Nepali News Portal

दाङको सिस्ने खोलाले गाडी बगाउँदा ४ जनाको मृत्यु, १ जना घाइते

    मा प्रकाशित

भदौ १७, दाङ ।
दाङको सिस्नेखोलाले बगाउदा चार जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छन् । नेपालगञ्जबाट दातर्फ आउदै गरेको प्र.३.०१.०२४ च ४४४० नम्वरको गाडी सिस्ने खोलाले गएराति १० बजेतिर बगाउदा गाडीमा सवार चार जनाको मृत्यु भएको हो भने चालक घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
May be an image of 3 people, people standing and outdoors

मृत्यु हुनेमा गाडीमा सवार घोराही १३ बस्ने ४० वर्षिया रितामाया पुन, घोराही १३ बस्ने अन्दाजी ३२ वर्षिया सुसिला श्रेष्ठ, घोराही १४ का अन्दाजी ३१ वर्षिया राधा श्रेष्ठ कुंवर र सोहि वडाको ४२ वर्षिया बिमला केसी रहेको डिएसपी रिजालले जानकारी दिए । गाडी चालक घोराही १३ बस्ने ४३ वर्षिय नर बहादुर पुन घाईते भएका छन् । गाडी सहित दुई जनाको शव गए राति नै भेटिएको हो भने दुई जनाको विहान फेला परेको डिएसपी रिजालले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्