कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको निधन – Kanika Khabar
Saturday, December 10Nepali News Portal

कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको निधन

    मा प्रकाशित

भदौ १७, दाङ ।
कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको निधन भएको छ । ९२ वर्षको उमेरमा श्रीनगरमा रहेको आफ्नै घरमा उहाँको निधन भएको हो ।

तीन दशकभन्दा लामो समयदेखि कश्मीरलाई भारतबाट अलग राख्नु पर्ने अडान राख्दै अभियान चलाएका गिलानी १५ वर्षसम्म पूर्व जम्मु कश्मीर राज्यको ८७ सदस्य रहेको विधान सभाका सदस्य रहेका थिए । सन् १९८९ मा सशस्त्र द्वन्द्व पछि उनीसहित चार जमात नेताले राजीनामा दिएका थिए ।

उनले प्रतिनिधित्व गर्ने जमात ए इस्लामीमाथि भारतले प्रतिबन्ध लगाएको छ । भारतले गिलानीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काइरहेको आरोप लगाउँदै आएको थियो । जसको कारण गिलानीमाथि देशद्रोहको मुद्दा पनि चलाइएको थिय

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्