फुटको तयारीमा विवेकशील : अध्यक्ष र संयोजकद्धारा छट्टाछुट्टै केन्द्रीय समिति बैठक आह्वान – Kanika Khabar
Saturday, December 10Nepali News Portal

फुटको तयारीमा विवेकशील : अध्यक्ष र संयोजकद्धारा छट्टाछुट्टै केन्द्रीय समिति बैठक आह्वान

    मा प्रकाशित

भदौ १७, दाङ ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ । केही समय अघि अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अगाडि सारेसँगै पार्टी भित्र टकराव बढेको छ ।

त्यसै क्रमका दुई अध्यक्षले आज छट्टाछुट्टै केन्द्रीय समितिको बैठक आह्वान गर्नुभएको हो । अध्यक्ष मिश्रले दिउँसो साढे १२ बजे बैठक बोलाएपछि संयोजक पाण्डेले त्यसअघि नै बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको छ ।

भर्चुअल रुपमा हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको नेताहरुले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्