हुथी समूहद्धारा यमनको मारिब सहर कब्जामा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

हुथी समूहद्धारा यमनको मारिब सहर कब्जामा

    मा प्रकाशित

एजेन्सी ।
हुथी समूहले यमनको मारिब सहर कब्जामा लिएको दाबी गरेको छ । सरकारी सैन्य अधिकारीले मारिब सहर आफ्नो नियन्त्रण बाहिर गएको बताएका हुन् । इरान समर्थित हुथी समूहले तेल खानी रहेका क्षेत्र भएकाले पनि मारिब क्षेत्रलाई लामो समयदेखि नियन्त्रणमा लिने प्रयास गर्दै आएको थियो ।

 

मारिबमा यमनका अन्य क्षेत्रबाट पलायन भएर आएका झन्डै २० लाख मानिस छन् । यमनमा जारी गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस अन्त सरेका छन् । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वरत पक्षहरूलाई वार्तामा ल्याउने प्रयास गरिरहेको छ । यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्