नेपाल र भारतबिच आज मैत्रीपूर्ण फुटबल हुँदै – Kanika Khabar
Friday, March 1Nepali News Portal

नेपाल र भारतबिच आज मैत्रीपूर्ण फुटबल हुँदै

    मा प्रकाशित

भदौ १७, दाङ ।
नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपरान्ह साढे ५ बजेबाट सुरु हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका रहेको छ । यसैबिच नेपाल र भारतबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने भएका छन् ।

खेलको अघिल्लो दिन हिजो पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई प्रवेशका लागि प्रशासन र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट अनुमति प्राप्त भइसकेको बताउनुभयो । कोभिड–१९ विरुद्धको दुवै डोज खोप लगाएका वा पीसीआर नेगेटिभ रिपोर्ट भएका दर्शकलाई मात्र प्रवेश अनुमति दिइने एन्फाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्