दाङको कोरोना सङ्क्रमित एक महिलाको नेपालगञ्जमा मृत्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

दाङको कोरोना सङ्क्रमित एक महिलाको नेपालगञ्जमा मृत्यु

    मा प्रकाशित

भदौ १७, दाङ ।
कोरोना संक्रमणबाट दाङकी एक वृद्धाको नेपालगन्जमा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत गढवा गाउँपालिका वडा नं। ६ की ९५ बर्षीया वृद्धाको मृत्यु भएको हो ।

गएको भदौ १२ गते अस्पतालमा भर्ना भएकी वृद्धाको बिहीबार बिहान सवा सात बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

त्यस्तै अस्पताल उपचाररत त्रिवेणी गाउँपालिका वडा नम्बर ६ सल्यानकी ६६ वर्षीया पनि मृत्यु भएको वलीले बताए । यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २९ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्