परराष्ट्रलाई गृहको पत्र : दार्चुला घटनाबारे कुटनीतिक पहल चाल – Kanika Khabar
Saturday, December 10Nepali News Portal

परराष्ट्रलाई गृहको पत्र : दार्चुला घटनाबारे कुटनीतिक पहल चाल

    मा प्रकाशित

भदौ १७, काठमाडौँ ।
गृह मन्त्रालयले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले प्रतिवेदन बुझाएपछि गृहले अनुसन्धान गरेर दोषीमाथि कारबाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कुटनीतिक पहल गर्न सिफारिस गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले छानविन समितिले दिएको सुझाव अनुसारका विषयवस्तु समेटेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको बताउनुभयो । छानविन समितिले ब्याँस गाउँपालिका–२ का धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटना भारतीय सीमा सशस्त्र बल (एसएसबी) को उपस्थितिमा भएको भनेको छ ।

तर, प्रत्यक्षदर्शीहरुले एसएसबीले तुइनको तार फुकालेको कारण धामी बेपत्ता भएको समिति समक्ष बयान दिएका छन् । गृहमन्त्री बालकृष्ण खाणले संसदमा बोल्दै समितिको प्रतिवेदन नै सरकारको अन्तिम धारणा हुने बताउनुभएको थियो । वैदेशिक रोजगारीमा जान घरबाट निस्किएका धामी १५ साउनमा महाकाली नदीमा खसेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्