काँग्रेसको पौडेल समूहले साझा सभापतिको उम्मेदवार खोज्दै – Kanika Khabar
Thursday, February 13Nepali News Portal

काँग्रेसको पौडेल समूहले साझा सभापतिको उम्मेदवार खोज्दै

    मा प्रकाशित

भदौ १७, दाङ ।
नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ । वडा अधिवेशनको अघिल्लो दिन सभापतिका आकांक्षीहरुले संयुक्त पत्रकार सम्मेलन गरी सभापतिमा एउटै उम्मेदवार अघि सार्ने बताएका हुन् ।

 

यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी छन् । पछिल्ला दिनहरुमा लगातार छलफल भएपनि सहमति जुट्न नसकेपछि नेताहरुले सभापतिमा एउटै उम्मेदवार दिने प्रतिवद्धता जनाएका हुन् ।

 

कसलाई के जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । छिट्टै उम्मेदवार तय गर्ने भन्दे उहाँले पार्टीका लागि साझा उम्मेदवार खोज्ने बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्