प्रदेश २ मा एमालेका १०सांसदले रोजे एकीकृत समाजवादी – Kanika Khabar
Friday, February 14Nepali News Portal

प्रदेश २ मा एमालेका १०सांसदले रोजे एकीकृत समाजवादी

    मा प्रकाशित

भदौ १७, दाङ ।
प्रदेश २ मा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । सांसदहरूलेआज प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा गएर एकीकृत समाजवादी दल रोजेको जानकारी गराएका हुन् ।

 

एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव छन् । प्रदेशमा नेकपा एमालेका २१ जना सांसद छन् ।

 

यसमध्ये १३ जना शुरुदेखि नै माधव नेपाल पक्षमा देखिँदै आएका छन् । बाकी ३ जना मध्ये सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण आज सनाखतका लागि आउन नसकेको र अर्काे दिन आएर सनाखत गर्ने जानकारी दिनुभएको छ । सांसद दिल्ली उप्रेती भने उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले दूतावासमार्फत् आफ्नो सनाखत गराउने हुनु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्