जसपाका थप दुईजना प्रदेशसभा सदस्य लोसपामा – Kanika Khabar
Thursday, December 1Nepali News Portal

जसपाका थप दुईजना प्रदेशसभा सदस्य लोसपामा

    मा प्रकाशित

भदौ १७, दाङ ।
जनता समाजवादी पार्टी (जसपा)का थप दुईजना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।जसपा प्रदेश २ का सांसद प्रहलाद गिरी गोस्वामी र डिम्पल झाले लोसपा रोजेका हुन् ।

दुवै सांसदले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा आज सनाखत गरेको सांसद परमेश्वर साहले जानकारी दिनुभयो ।लोसपामा सनाखत गर्ने गोस्वामी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका सांसद हुन् भने झा तत्कालीन राजपाबाट समानुपातिक सांसद हुनुहुन्छ ।

दुई जनाले सनाखत गरेसँगै जसपा छाडेर लोसपा रोज्ने प्रदेश सांसदको संख्या १२ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्