शैक्षिक उन्नयनमा निजी विद्यालय : अध्यक्ष चन्द – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

शैक्षिक उन्नयनमा निजी विद्यालय : अध्यक्ष चन्द

    मा प्रकाशित

No description available.भदौ १७, दाङ ।
शैक्षिक उन्नयनमा निजी तथा आवासीय विद्यालयहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एक कार्यक्रममा बोल्ने वक्ताले बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घोराही नगरका अध्यक्ष बीरेन्द्र चन्दले शैक्षिक गुणस्तरमा निजी विद्यालयहरुले खेल्दै आएको भूमिका घाम जत्तिकै छर्लङ्ग भएको बताएका हुन् ।

घोराही नगर प्याब्सनले प्याब्सनमा आवद्ध सदस्य विद्यालयहरुलाई सदस्यता प्रमाणपत्र प्रदान गर्ने क्रममा घोराहीस्थित राजविद्या पाठशालाले आयोजना गरेको सदस्यता ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयहरुले विगतमा खेलेको भूमिकालाई निरन्तरता दिदैं अगाडि बढ्न सुझाएका थिए ।

No description available.

कार्यक्रममा प्याब्सनले गर्दै आएका कार्य र निजी विद्यालयको हक हितका लागि प्याब्सनको भूमिकाका सन्दर्भमा राजविद्याका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्याब्सन दाङका कोषाध्यक्ष आदिम के.सी.ले प्रकाश पारेका थिए । कार्यक्रममा विद्यालयलका तर्फबाट घोराही नगर प्याब्सनलाई हार्दिक आभार तथा कृतज्ञता पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा प्याब्सन दाङका सचिब खगेश्वर पौडेल, घोराही नगर प्याब्सनका कोषाध्यक्ष ऋषि सुवेदी लगायतको सहभागिता रहेको थियो ।

विद्यालयका प्रिन्सिपल टीकाजङ बि.केको अध्यक्षता तथा घोराही नगर प्याब्सनका अध्यक्ष बीरन्द्र चन्दको प्रमुख आतिथ्यतामा सदस्यता ग्रहण कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका सञ्चालक समितिका सदस्य गणेश क.सी.को शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण  समितिका सदस्य सतिश सुवेदीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्