विवेकशील साझामा संयुक्त बैठक बस्न सकेन – Kanika Khabar
Sunday, March 3Nepali News Portal

विवेकशील साझामा संयुक्त बैठक बस्न सकेन

    मा प्रकाशित

भदौ १७, दाङ ।
विवेकशील साझा पार्टीमा संयुक्त बैठक राख्ने युवा नेताहरुको प्रयास असफल भएको छ । पार्टी एकता सम्झौतामा अध्यक्ष र संयोजकको सहमति बैठक बोलाउने उल्लेख छ । तर पार्टीका अध्यक्ष रविन्द्र मिश्रले एकपक्षीय रुपमा आजम ध्यान्ह् १२ बजे केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको थियो ।

 

बदलामा संयोजक मिलन पाण्डेले विहान ११ बजे बैठकराख्नुभएको थियो । समानान्तर बैठक रोक्न विवेकशील साझा युवा संगठनका नेताहरुले पहल थालेका थिए । अध्यक्ष अब्दुस मिया, महासचिव सरोज गौतमसहित ५ नेताले अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेलाई छुट्टाछुट्टै भेटेर संयुक्त बैठक राख्न आग्रह गरेका थिए ।

 

अध्यक्ष मिश्रले आफूले बोलाएको समयमै आज १२ बजे संयुक्त बैठक बस्न सकिने बताउनुभएको थियो तर संयोजक पाण्डेले कम्तिमा २४ घण्टापछि मात्र बैठक बस्ने बताएपछि सहमतिको प्रयास गरिएको थियो । अध्यक्ष मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझामा मतभिन्नता बढेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्