अमेरिकाको विभिन्न शहरमा बाढी र डुबान, आपतकालको घोषणा – Kanika Khabar
Friday, March 29Nepali News Portal

अमेरिकाको विभिन्न शहरमा बाढी र डुबान, आपतकालको घोषणा

    मा प्रकाशित

एजेन्सी ।
अमेरिकाको न्युयोर्कमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्कमा अहिलेसम्मकै सबैभन्दा ठूलो पानी परेपछि बाढी र डुबान भएपछि आपतकाल घोषणा गरिएको हो ।न्युयोर्कका मेयर बिल डे ब्लासिओले अहिले शहरले ऐतिहासिक मौसमी घटनाको सामना गरिरहेको बताउनुभयो । उहाँले अहिले न्युयोर्कमा ठूलो बाढी देखिएको र सडकहरु जोखिमपूर्ण अवस्थामा रहेको भन्दै सबैलाई घरमै रहन र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा जान आग्रह गर्नुभयो ।

 

यस्तै न्यू जर्सी शहरमा पनि आपतकाल घोषणा गरिएको छ । न्यू जर्सीमा बाढीका कारण हालसम्म एक जनाको मृत्यु भएको छ भने बाढीका कारण जनजीवन प्रभावित बनेको छ । अविरल वर्षाका कारण न्युयोर्कको अधिकांश सबवे बन्द भएका छन् भने धेरै रेल सेवा र हवाई उडान पनि रद्द गरिएको छ ।हुरिकेन समुद्री आँधीका कारण न्युयोर्क, न्युजर्सीलगायतका क्षेत्रमा भारी वर्षा भएको हो । यस्तै न्यू ओर्लियन्समा अहिले रात्रीकालीन कर्फ्यु लगाइएको छ । मौसमविद्हरुले अझै धेरै वर्षा हुन सक्ने चेतावनी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्