नेपालको टी–ट्वान्टी वरीयता खस्कियो – Kanika Khabar
Sunday, March 3Nepali News Portal

नेपालको टी–ट्वान्टी वरीयता खस्कियो

    मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो । टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ ।

 

यस अघि नेपाल १२ औं स्थानमा रहेको थियो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा पाकिस्तान रहेका छन् ।चौंथो न्युजिल्याण्ड र पाँचौंमा दक्षिण अफ्रीका रहेको छ । नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्