लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

    मा प्रकाशित

भदौ १८, दाङ ।
नेपाल राष्ट्र बैँकले लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए तत्काल जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ । सीआईएनको सम्पर्कमा आएका जनकपुर, दोलखालगायत बिभिन्न जिल्लाका पीडितहरूले आफूहरूले लघु वित्त तथा वित्तीय संस्थाहरूलाई २४ प्रतिशतसम्म व्याज तिर्नुपरेको गुनासो गरेका थिए ।

 

पीडितहरूको समस्याका बारेमा सीआईएनसँग कुराकानी गर्दै राष्ट्र बैँकका प्रवक्ता देवकुमार ढकालले ‘घ’ वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जाको अधिकतम व्याजदर नै १५ प्रतिशत तोकिएकाले त्योभन्दा धेरै व्याज लिएको भए जानकारी गराउन अनुरोध गर्नुभयो । बजारमा ‘घ’वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले धेरै व्याज लिएको गुनासो आइरहेको र अनुगमनको काम पनि भइरहेको राष्ट्र बैँकले जनाएको छ । त्यसैका आधारमा अघिल्लो वर्ष ‘घ’ वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा धेरै व्याज लिन नपाइने निर्णय गरिएको प्रवक्ता ढकालको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्