वैदेशिक रोजगारीमा जाने महिला घटे – Kanika Khabar
Saturday, April 20Nepali News Portal

वैदेशिक रोजगारीमा जाने महिला घटे

    मा प्रकाशित

भदौ १८, दाङ ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या घटेसँगै रोजगारीका लागि विदेश जाने नेपाली महिलाको सङ्ख्या पनि घटेको छ । अघिल्लो वर्षको तुलनामा रोजगारीमा जाने नेपाली महिलाको सङ्ख्या ३९ प्रतिशतले घटेको छ ।

 

अघिल्लो वर्ष १८ हजार २ सय ६ जना महिला वैदेशिक रोजगारीमा गएका थिए । गत वर्ष ३९ प्रतिशतले घटेर ७ हजार १ सय ७८ जना महिला वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपाली महिलाहरु सबैभन्दा बढी रोजगारीका लागि दुबइ गएका छन् । दुबइमा २ हजार ३ सय५२ जना, दोस्रो कतारमा १ हजार ५४ जना महिला रोजगारीका लागि गएका छन् । जोर्डानमा ९ सय १८ र साईप्रसमा पनि ९ सय १४ जना नेपाली महिला रोजगारीका लागि गएका छन् । नेपालको ७७ जिल्ला मध्ये सवै भन्दा बढी झापाका महिलाहरू रोजगारीका लागि बिदेशिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्