पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो – Kanika Khabar
Saturday, March 2Nepali News Portal

पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

    मा प्रकाशित

रोशन तिवारी
भदौ १८, पर्वत ।
पर्वतको कुश्मा नगरपालिकाका बिभिन्न स्थानमा पहिरोमा पुरिएका ८ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका ३ दुर्लुङमा पहिरोमा पुरिएका ७८ वर्षका कौशिलादेबि पाध्या, कौशिलाकि बुहारी ३५ वर्षका भगवती पौडेल, नातिनिहरु १५ वर्षका बिमला पौडेल, १३ वर्षका बिनिता पौडेल, ९ वर्षका नाति बिनोद पौडेलको पहिरोमा पुरिएको अवस्थामा शव फेला परेको छ ।

 

गएराति भीषण वर्षा सहितको पहिरोले एकै परिवारको५ जनाको मृत्यु भएको हो । यस्तै कुश्मा नगरपालिका–३ अम्बोटमा पहिरोले घर पुर्दा ५० वर्षका फुलमाया थापाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।यस्तै कुश्मा नगरपालिका –११ पकुवामा पहिरोमा पुरिएर ३५ वर्षका दुर्गा पौडेल र उहाँका ६ वर्षका छोरा गणेश पौडेलको मृत्यु भएको छ ।

 

पहिरोले मध्यपहाडि लोकमार्ग अबरुद्ध छ । जिल्लामा बिद्युत , टेलिफोन, ईन्टरनेट सेवा अवरुद्ध छ । फोन सम्पर्क नहुँदा उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले जानकारी दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्