भदौ १८, दाङ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना निको भएका छन् । नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ ।
तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १०हजार ८०९ जनाको मृत्यु भएको छ । हाल देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जना मध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।