बामदेवले त्यागे एमाले : अबको यात्रा कता ? – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बामदेवले त्यागे एमाले : अबको यात्रा कता ?

    मा प्रकाशित

भदौ १८, दाङ ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले एमाले त्यागेका छन् । उनले शुक्रबार साँझ थापाथलीस्थित पार्टी कार्यालय पुगेर राजीनामा दिँदै एमालेका सबै जिम्मेवारी परित्याग गरेका हुन्।

गौतमले एमालेको कुनै जिम्मेवारीमा नरहने गरी पार्टी कार्यालयमा राजीनामा बुझाएर फर्किएका एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेको नवौं महाधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए। एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपामा पनि उनी उपाध्यक्ष पदमै थिए।

सर्वोच्चको फैसलापछि एमाले ब्युँतिदा गौतम कुनै पक्षमा नलागेर एकता अभियान सुरू गरेका थिए। यद्यपि, पछिल्लो समय माधवकुमार नेपालले एमाले विभाजन गरेपछि उनी नयाँ पार्टीमा लाग्ने घोषणा गरेका थिए।

गौतमले राजीनामा दिए पनि कुन पार्टीमा लाग्ने यसबारे केही स्पष्ट पारेका छैनन्। यसअघि उनले २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका थिए।

राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमकी पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छिन्। भदौ ९ गते उनी एमाले विभाजनपछि नेता नेपाल नेतृत्वको नेकपा एसका पक्षमा सनाखत गर्न निर्वाचन आयोगमा उपस्थित भएकी थिइन्। तर, दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नरहेको भन्दै आयोगले उनको सनाखत गर्न तयार भएको छैन।
नेकपा एमालेबाट राजिनामा दिएपछि बामदेवको राजनीतिक यात्रा कता जोडिन्छ त भन्ने अनुमानले राजनीतिक वृत्तमा बाक्लो रुप लिन थालेको छ । एमाले विभाजन भएरहँदा माधव नेपाल नेतृत्वको नयाँ दलमा आफू रहेको घोषणा गरे दल दर्ताका क्रममा उनी जोडिएनन् । यस विषयमा थुप्रै टिकाटिप्पणी हुन थालेपछि उनले आफू कतै नभएर पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।

यता गठबन्धनको सरकारले मन्त्रीपरिषद् विस्तारमा ढिला गरिरहेको छ । नेकपा एस दर्ता भएलगत्तै मन्त्री परिषद् बिस्तार गर्ने बताइएको भए पनि पटक पटकको परामर्शबाट पनि अझै सरकारले पूर्णता पाउन सकेको छैन । राजनीतिक समीक्षाका आधार मान्दा अझै एमालेबाट नेकपा एसमा केही नेताहरु आउने सम्भावना रहेको र अब आउने नेतालाई सरकारमा पठाउन पर्ने भएकाले मन्त्री परिषद् बिस्तामा ढिलाइ भएको हो । नेकपा एसबाट नेतृत्व गरेर बामदेव सरकारमा जाने राजनीतिक आँकलनलाई पनि त्यति कमजोर मानन सकिदैन । यदि यही आँकलन सत्य भएमा बामदेव नेकपा एसमा जाने सम्भावना प्रवल रहेको कुराले राजनीतिक वृत्त तताउन थालेको छ ।

No description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्