८ सय ६० नेपाली अफगानिस्तानबाट फर्किए – Kanika Khabar
Friday, March 29Nepali News Portal

८ सय ६० नेपाली अफगानिस्तानबाट फर्किए

    मा प्रकाशित

भदौ १९, दाङ ।
अफगानिस्तानबाट अहिलेसम्म ८ सय ६० जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हिजो कतार एयरको नियमित उडानबाट एक जना स्वदेश फर्किएसँगै अहिलेसम्म ८ सय ६० नेपालीको उद्दार भएको हो ।
त्यहाँबाट आएकाहरुलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै काबुलमा उद्दारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ । तालिवानले काबुलसहित मुख्य शहर नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्नेको सङ्ख्या बढिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्