आज प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना – Kanika Khabar
Tuesday, December 3Nepali News Portal

आज प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना

    मा प्रकाशित

भदौ १९, दाङ ।
आज प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

 

यस्तै राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश २, बागमती र गण्डकी प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । अब केही दिन दिउँसो कम पानी परेपनि राति भने दिउँसोको भन्दा धेरै पानी पर्ने उहाँको भनाइ छ ।

 

गत २४ घण्टामा पोखरामा सबैभन्दा धेरै २७४ दशमलव ५ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्