अमेरिकामा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो – Kanika Khabar
Friday, March 1Nepali News Portal

अमेरिकामा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

    मा प्रकाशित

एजेन्सी ।
अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या४६पुगेको छ । उत्तर–पूर्वी क्षेत्रमा आएको आइडा आँधीसँगै बाढीका कारण हालसम्म ४६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार न्यूजर्सीमा २५, न्यूयोर्कमा १६, पेन्सीलभेनियामा ४ र कनेक्टीकटमा एक गरी ४६ जनाको मृत्यु भएको हो । आँधीमा जलवायु परिवर्तनको प्रभाव स्पष्ट भइसकेको छैन । तर, समुद्री सतहको तापक्रम बढ्दा आँधीलाई थप शक्तिशाली बनाउन भने सहयोग पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्