डडेल्धुराको नवदुर्गा गाउँपालिका २ का स्थानीय खानेपानीबाट बञ्चित – Kanika Khabar
Friday, March 1Nepali News Portal

डडेल्धुराको नवदुर्गा गाउँपालिका २ का स्थानीय खानेपानीबाट बञ्चित

    मा प्रकाशित

ललित बोहरा
भदौ १९, डडेल्धुरा ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बडम गाउँमा खानेपानीको अभाव भएको छ । वर्षातमा पनि बडम गाउँमा खानेपानीको अभाव भएको हो । पानीकै लागि करोडौ खर्च भएपनि राजनितीक खिचातानीले बडम क्षेत्रका १२ गाउँका नागरिक वर्षौ देखि खानेपानीको हाहाकार झेल्न बाध्य भएका छन् । बडम गाउँ वडा नम्बर २ मा ८ सय घर परिवारको बसोबास छ । गाउँमा धारा त छ तर पानी आउँदैन ।

 

स्थानीय वर्षात्को समयमा पनि पानीको अभाव झेल्न बाध्य रहेका छन् । बडम गाउँका १२ बस्ती मध्ये कुनै पनि गाउँमा पानीको सुविधा छैन । खानेपानीका आयोजना समयमा नै सम्पन्न नहुँदा नागरिक पानीको अभाव झेल्न बाध्य भएका छन् । गाउँवासीले अहिले वर्षातको समयमा समेत ३० मिनेट पैदल हिँडेर पानी ल्याउने गरेका छन् । पिठ्यूमा पानीका ग्यालेन बोकेर हिँड्दा समयको खर्च भैरहेको छ भने स्वास्थ्यमा पनि असर परिरहेको छ । हिउँदको समयमा गाउँबासीलाई झन् समस्या पर्ने गरेको छ । एक गाग्री पानी जोहो गर्न रातभरी जाग्राम बस्नुपर्छ ।

 

२०५१ सालमा पहिलो पटक खानेपानी योजना लागू भई गाउँमा पानी पुगेको थियो । तर, दुइ वर्ष पछि पानी आउन बन्द भयो । त्यसपछि पनि २०६९ सालयता गाउँमा आठ वटा धारा बने । तर, पानी आएन । स्थानीय सरकारले पनि गाउँमा पानी पु¥याउनको लागि गत वर्ष १ करोड ९० लाख खर्च गरेको थियो । तर, अझै पनि नागरिकले पानीको सुविधा पाएका छैनन् । स्थानीयले भने गाउँपालिकाको लापरबाहीकै कारण गाउँमा समयमा पानी पुग्न नसकेको आरोप लगाएका छन् । पालिकाको अध्यक्षले बडम गाउँको पानीको आयोजनालाई प्राथामिकता नदिई आफू अनुकुलका आयोजनालाई प्राथमिकतामा राखेको स्थानीयको गूनासो छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्