झापा मेचीनगर १५ का किसान धानखेत जोगाउने चिन्तामा – Kanika Khabar
Sunday, March 3Nepali News Portal

झापा मेचीनगर १५ का किसान धानखेत जोगाउने चिन्तामा

    मा प्रकाशित

नवराज सुवेदी
भदौ १९, झापा ।
धान गोड्ने खेताला खोज्न र अर्मपर्म गर्न यतिबेला देशका अधिकांश क्षेत्रका किसान व्यस्त छन् । तर, झापा मेचीनगर १५ का किसानको अवस्था भने त्यस्तो छैन । त्यहाँका किसानलाई बाढीबाट धानखेत कसरी जोगाउने भन्ने चिन्तामा छन् । झापा मेचीनगर १५ स्थित न्यु ज्यामिरगढी टोल चौधरी चोक क्षेत्रका अधिकांश किसान निन्दा खोलाको बाढीबाट धानखेत कसरी जोगाउने भन्ने तनावमा छन् ।

 

निन्दा खोलाको बाढीले ५ विगाहा भन्दा धेरै खेतियोग्य जमिन कटान गरिसकेको छ । किसानले धान रोपेको खेत अहिले बगर बनेको छ । रेवत बहादुर थापालाई अँधिया कमाएको खेत बाढीबाट कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको छ ।सबै किसानको धान खेत हरियाली छ, तर मन भने उदास । दुःख गरेर वर्षभरी खाने अन्नका रुपमा रोपिएका धानखेतमा मात्रै होईन मनकुमारी राजवंशीको मनमा पनि बाढी चलिरहेको छ । खोलाको पूर्व र पश्चिम दुबै तिर गाउँ छ । तर पूर्वतिरका धानखेत र गाउँ जोगाउन विभिन्न स्थानमा तटबन्ध बनाईएको छ भने पश्चिम तिर त्यस्तो छैन ।

 

जसका कारण खोलाले निरन्तर कटान गरिरहेको र कयौँ बिगाहा खेत जोखिममा परेको अर्का किसान सन्तराज कार्की बताउनुहुन्छ । यस क्षेत्रमा तटबन्ध निर्माण लागि मेचीनगर नगरपालिकाले बजेट पनि छुट्याएको थियो । तर, किसानलाई बजेटबारे कुनै जानकारी छैन । बरु स्थानीय सरकारलाई पटक पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको किसानहरु गुनासो गर्छन् । वर्षभरी खाने अन्न लगाउने धान खेतमा अहिले खोला कुदिरहेको छ । तर, तटबन्ध निर्माण गर्ने तर्फ तीनै तहका सरकारले चासो नदिएको किसानहरु बताउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्