किसानलाई मल अभाव भएपछि उत्पादन घट्ने चिन्ता – Kanika Khabar
Thursday, February 13Nepali News Portal

किसानलाई मल अभाव भएपछि उत्पादन घट्ने चिन्ता

    मा प्रकाशित

अविनाश आचार्य
भदौ १९, बारा ।
नेपालमा वर्षेनी लगभग १२ लाख मेट्रिक टन मलको आवश्यक पर्छ । तर, सरकार ५ लाख मेट्रिक टनसम्म खरिद गर्दै आएको छ । कृषि साम्रगी कम्पनी लिमिटेडको तथ्याङ्ग अनुसार देशभरको लागि धान खेतीलाई मात्र डिएपी, युरीया र पोटास गरी १ लाख ६४ हजार मेट्रिक टन मल आवश्यक पर्छ । धान खेतीको लागि मलको जहिल्यै अभाव हुने गरेको छ ।

 

यसपटक पनि मलको अभाव भएपछि बाराका किसान उत्पादन घट्ने चिन्तामा छन् ।अहिले धानमा मल राख्ने समय भएको छ । तर, किसानहरुले धान खेतमा राख्ने मल पाइरहेका छैनन् । कृषी सामग्री कम्पनी लिमिटेड बाटै उपलब्ध नभएपछि मल वितरण गर्दै आएका शहकारी रित्तै छन्, किसानलाई मल नपाएर खाली हात फर्किनु परेको छ । किसानहरुको माग अनुसार मासिक एक हजार बोरा मल आवश्यक पर्ने साना किसान कृषि सहकारी संस्थालाई कृषी सामग्री कम्पनी लिमिटेडले ४० बोरा मात्रै मल उपलब्ध गराएको छ ।

 

माग र आपुर्तीको अनुपात नमिल्दा उपलब्ध मल समेत वितरण गर्न नसकिएको सहकारीका कृषि प्राविधिक जलेन्द्र चौधरीले बताउनुभयो । यसअघि मलको अभाव हुँदा बाराका किसानले भारतबाट अबैध रुपले भित्रिएको मल महङ्गोमा खरिद गरि छर्दै आएका थिए । तर, महामारीका कारण सीमामा सहजता नहुँदा अहिले त्यसरी समेत मल नपाईएको किसान शिव कुमार कार्कीको गुनासो छ ।

 

कृषि तथा पशुपंक्षी मन्त्रालयको पछिल्लो गणना अनुसार नेपालमा ३८ लाख घरपरिवार पूर्ण रुपमा कृषिमा निर्भर छन् । जीतपुरसिमरा १६ का किसान गोपीकृष्ण खतिवडा किसानले सधैं मल, बीउ, सिचाइँको समस्या झेलिरहनु चिन्ताको विषय भएको बताउँनुहुन्छ । झण्डै ६२ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने बारामा वर्षेनी प्रति हेक्टर ४ दशमलव२६ मेट्रीक टन धान उत्पादन हुँदै आएको छ । तर,समयमा मल नपाइदा यसवर्ष भने उत्पादन घट्ने चिन्ता किसानलाई छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्