पोखरीबाट वन्यजन्तुलाई पानी खुवाइसक्यौँ : वन कार्यालय – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पोखरीबाट वन्यजन्तुलाई पानी खुवाइसक्यौँ : वन कार्यालय

    मा प्रकाशित

शिवु खनाल
दाङ, १९ भदौ ।
देउखुरीका सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको संख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । संरक्षण क्षेत्रमा पोखरी (पानी मुहान) निर्माण गरेसंगै वासस्थान र आहारमा सुधार गरिएपछि देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा वन्यजन्तुको संख्यामा प्रतिबर्ष वृद्धि हुदै जान थालेको हो । डिभिजन वन कार्यालय दाङ ९देउखुरी० लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीका अनुसार वन्यजन्तु संरक्षण क्षेत्रमा पोखरी (पानी मुहान) निर्माण गरेसंगै विभिन्न प्रजातीका वन्यजन्तुका एक हप्तादेखि पाँच महीनासम्मका बच्चाहरु अनुगमनका क्रममा वन क्षेत्रमा देखा परेको बताउनुभयो ।

No description available.

पानी मुहान क्षेत्रमा वन्यजन्तुको चहलपहल बढ्दै गएको छ । वन्यजन्तुको संख्या बढ्दै जानथालेपछि डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले निर्माण गरेको पोखरी (पानी मुहान) का छेउछाउमा दिनप्रतिदिन विभिन्न प्रजातीका वन्यजन्तुहरु देखा परेको र पानी पिउनको लागी पोखरीको प्रयोग पनि उतिकै बढ्दै जानथालेको प्रमुख सुबेदीले बताउनुभयो ।

वन्यजन्तुलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै पोखरी निर्माण गरिएका छन् । त्यतीमात्र नभएर पर्यटकलाई आवागमनमा सहजता प्रदान गर्न पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ एक किलोमिटर पारीजात सामुदायिक वनमा वन्यजन्तुलाई हेर्न वनको चारलाख ४५ हजार बजेटमा मचानको समेत व्यवस्था गरिएको छ । देउखुरीका विभिनन सामुदायिक वनमा चितुवा, मृग, स्याल, बाँदर, खरायो लगायतका वन्यजन्तुहरु रहेका छन् भने काग, मयुर, तित्रा, कालिज, ढकुर लगायतका पंक्षीहरु यो जंगलमा बसोबास गर्ने गर्दछन् । यिनै जीवजन्तुहरुलाई पानी पिलाउनको लागि यो वन क्षेत्रमा पोखरीको निर्माण गरिएको डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदले बताउनुभयो ।

No description available.

उहाँले वन कार्यालयको ३४ लाख बजेटमा विभिन्न समुदायिक वनमा क्षेमा वन्यजन्तुको लागी आठवटा पोखरी ९पानी मुहान० निर्माण गरिएको बताउनुभयो । हिउँदको समयमा पानी पिउनको लागि वन्यजन्तुहरु खोला किनारमा झर्नुपर्ने र त्यस्तो अवस्थामा वन्यजन्तुहरु सिकारीको फन्दामा परी मारिने भएका कारण पनि यो पोखरी बनाउनु परेको प्रमुख सुबेदीको भनाइ छ । हामीले हाम्रो लक्ष्य अनुसार वन्यजन्तुलाई पानी खुवाइसक्यौँ । हाम्रो लक्ष्य पुरा भयो, प्रमुख सुबेदीले भन्नुभयो ।

No description available.

हाल निर्माण गरिएका पोखरी मानव वस्तीबाट टाढा रहेको छ । पोखरी भन्दा करिब एक किलोमिटर टाढा बाट मूल सडक गएको छ, त्यसैले पनि यो ठाउँ वन्यजन्तुहरुका लागि पानी पिउन उचित समेत रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्