लमहीमा ग्लाेबल डाईग्नाेष्टिक प्रालिकाे शाखा बिस्तार – Kanika Khabar
Saturday, March 2Nepali News Portal

लमहीमा ग्लाेबल डाईग्नाेष्टिक प्रालिकाे शाखा बिस्तार

    मा प्रकाशित

शिवु खनाल
दाङ, १९ भदौ ।
ग्लाेबल डाईग्नाेष्टिक प्रालिले लमहीमा शाखा बिस्तार गरेकाे छ । यसअघि घाेराहीबाट निरन्तर ल्याब सेवा प्रदान गर्दै आएकाे ग्लाेबल डाईग्नाेष्टिक प्रालिले शनिबारबाट विधिवत रुपमा सेवा सुचारु गरेकाे छ ।

संस्थाका संचालक चन्द्रप्रकाश आचार्यकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलकाे प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा लमही अस्पतालकि मेडिकल सुपरिटेन्डेन्ट रञ्जिता महताे, अाैषधी व्यवसायी संघ दाङका अध्यक्ष विष्णु प्रसाद पाैडेल, लमही उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, गाेविन्द रेग्मी, बद्री खड्का, गाेपालराज शर्मा पाैडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।

ग्लाेबल डाईग्नाेष्टिक प्रालिले बायाेकेमेष्ट्री अन्तर्गत सुगर, काेलेष्ट्राेल ( बाेसाे), मृगाैलाकाे जाँच, दिसा पिसाब जाँच, हेमेटाेलाेजी अन्तर्गत रगत जाँच, माईक्राे बायाेलाेजी सम्बन्धि सेवा, तथा विशेष परिक्षणमा थाईराईड, भिटामिन डी, बी१२, लगायत सबै परिक्षण आधुनिक प्रविधि र दक्ष जनशक्तिबाट हुने संचालक सेचन पाैडेलले जानकारी दिनुभयाे ।

देउखुरी क्षेत्रमा विश्वसनीय र सहज सुविधायुक्त ल्याब नहुँदा नागरिकलाई सदुरमुकाम वा जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । संचालकत्रय सेचन पाैडेल, चन्द्र प्रकाश आचार्य, तारा गिरीले देउखुरीबासीलाई सहज र विश्वसनीय सेवा दिन लमहीबाट सेवा शुरु गरेका हुन् । संचालक तारा गिरीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण किशाेरचन्द्र गाैतमले गर्नुभएको थियाे ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्