राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन वर्ष भित्र चार सय सैयाको पूर्वाधार बन्ने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन वर्ष भित्र चार सय सैयाको पूर्वाधार बन्ने

    मा प्रकाशित

भदाै १९, दाङ ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन वर्ष भित्र चारसय सैयाको अस्पतालकालागि पूर्वाधार निर्माण गरिने भएको छ । प्रतिष्ठानको शुक्रबार बसेको चौथो सभा बैठकले आर्थिक बर्ष २०८१÷०८२ भित्र चासय सैयाको अस्पतालको पूर्वाधार विकास गर्नुकासाथै स्वास्थ्य विज्ञानको उच्च स्तरीय अध्ययन र अनुसन्धानको व्यबस्था गर्ने समेत निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए ।

उनले शुक्रबार एक विज्ञप्ति जारी गरी मुलुकलाई दक्ष जनशक्ति उत्पादन गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज, शुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरि प्रतिष्ठानले तयार गरेको कार्यायोजनालाई स्वीकृति गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै प्रतिष्ठान ऐन, २०७४ को दफा ८(ख) को प्रवधान वमोजिम आर्थिक बर्ष २०७७/०७८ को बार्षिक बजेट तथा कार्यक्रम, महालेखा परीक्षणको कार्यालयले पेश गरेको ५७ औं र ५८ औं प्रतिवेदन समेत पारीत गरिएको हो ।

साथै प्रतिष्ठानले लोकसेवा आयोगसंग समन्वय गरी तयार गरेको ‘शिक्षक तथा कर्मचारीहरु सेवा शर्त नियमावली, २०७८’लाई सभाबाट स्वीकृत गरी आगामी दिनमा रिक्त दरवन्दीहरुको लोकसेवा आयोगसंग समन्वय गरी पदपूर्ति गर्दै जाने विषय समेत सहज भएको उनले विज्ञप्तिमा लेखेका छन् ।           

त्यस अवसरमा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले आबश्यक विकास र विस्तारकालागि सरकारी स्तरबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आबस्यक भौतिक पुर्बाधारको यथाशिघ्र बिस्तार गरि शैक्षिक कार्यक्रम तथा अस्पताल सेवा बिस्तार गर्न आबश्यक बजेट ब्यबस्थाका लागि श्रोत सुनिश्चित गर्नका लागि निर्देशन दिए । सो अवसरमा प्रतिष्ठानले आफ्नो कार्यकालमा अस्पतालले गरेको कार्य प्रगती, शैक्षिक कार्यक्रमका लागि भएका प्रयास, प्रतिष्ठानको लागि आबश्यक जग्गा प्राप्तीको बिषयसहित समस्याका बारेमा प्रधानमन्त्री देउबालाइ प्रतिष्ठानकि उपकुलपती संगीता भण्डारीले जानकारी गराइन । सिनेटमा प्रतिष्ठानका प्रमुख सल्लाहकार नारायण भुसालसहित सिनेट सदस्यहरु, प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामीछाने, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतको सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्