दाङमा नेपाली कांग्रेसको वडा अधिवेशन : यस्तो छ निर्वाचन तालिका – Kanika Khabar
Thursday, April 18Nepali News Portal

दाङमा नेपाली कांग्रेसको वडा अधिवेशन : यस्तो छ निर्वाचन तालिका

    मा प्रकाशित

भदाै १९, दाङ ।

नेपाली कांग्रेसको वडा महाविधेशन दाङमा भोलिदेखि सुरु हुने भएको छ । भोलि उम्मेदवारी दर्ता र पर्सि मतदान हुने निर्वाचन समितिको कार्यालयले जनाएको छ । समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार भोली भदौ २० गते बिहान १० बजे प्रथम मतदाता नामावली प्रकाशन हुने छ । बिहान ११ :१५ बजे मतदाता नामावली प्रकाशन, ११ : २० देखि १ः २० सम्म उम्मेदवारी मनोनयन दर्ता , दिउँसो १ : ५० बजे प्रथम उम्मेदवारको नामावली प्रकाशनको कार्यक्रम तय भएको छ ।
१ :५५ देखि २ः३५ बजे सम्म उम्मेदवार माथिको दाबी बिरोध शंशोधन,दिउँसो ३ बजे उम्मेदवारको शंशोधित नामावली प्रकाशन, ३ः ५ देखि साँझ ६ बजे सम्म उम्मेदवारी फिर्ता, बेलुका ६ : ३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय भएको छ ।                                              भदौ २१ मा मतदान हुने छ । मतदान बिहान ९ बजे देखि दिउँसो ४ बजे सम्म हुने निर्वाचन समितिले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्