पछिल्लो २४ घण्टामा  दाङका ७ जनामा कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Wednesday, December 6Nepali News Portal

पछिल्लो २४ घण्टामा  दाङका ७ जनामा कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

१९ भदौ, दाङ।                                                                पछिल्लो २४ घण्टामा  दाङका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३० जनाको पिसिआर परिक्षण गर्दा ४ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा घोराहीका ५, लमही र तुलसीपुरका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टाका दाङमा १२ जना कोरोना मुक्त भएका छन् । कोरोनामुक्त हुनेमा घोराहीका ५ जना, तुलसीपुरका ६ र राप्तिका एक जना रहेको केन्द्रले जनाएको छ । आज थप १२ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ७२ मा झरेको छ । ति मध्य घरमा ६२ जना, अक्सिजन सहितको उपचारमा ३ जना र ७ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय ३८ जना पुगेको छ । ति मध्य ८ हजार ६ सय ५४ जना निको भएको केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्