महिलाकै सहभागितामा अग्रगामी संविधान जारी गरेका छौ : सांसद शर्मा – Kanika Khabar
Saturday, November 2Nepali News Portal

महिलाकै सहभागितामा अग्रगामी संविधान जारी गरेका छौ : सांसद शर्मा

    मा प्रकाशित

शिवु खनाल
दाङ, १९ भदौ ।
अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष दामा शर्माले बेरोजगारीकै कारण महिला हिंसामा पर्ने गरेको बताउनु भएको छ । अखील नेपाल महिला संघ क्रान्तिकारीको लमही नगरपालिका स्तरीय भेलालाइ शम्बोधन गर्दै उहाँले महिला शशक्तिकरणको लागि चेतनाको बिकास हुनुपर्ने बताउदै चेतनाले, शिक्षाबाट रोजगारीमा संलग्न हुँदा शशक्तिकरणमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, हामी महिलाकै सहभागितामा अग्रगामि संविधान जारी गरेका छौ, तर पनि संविधानको कार्यान्वयन पुर्ण रुपमा नहुदा महिलाहरु हिसामा पर्ने गरेका छन्, अझैपनि महिलालाइ प्रलोभनमा पार्ने प्रयास हुने गरेकोले सचेत रहन समेत उहाँले महिलाहरुलाइ आग्रह गर्नुभयो ।

लुम्बिनि प्रदेश आन्तरिक मामिला तथा कानुन समितिकि सभापति समेत रहनु भएका प्रदेश साँसद शर्माले कानुन निर्माणामा महिलाका अधिकार धेरै सुनिश्चित भएको भएपनि पुर्ण रुपमा कार्यान्वयनमै समस्या रहेको अब संविधानको कार्यान्वयनका लागि महिलाहरुको सकृयता आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, हामी संविधानको कार्यान्वयन गरि अधिकार प्राप्त गर्न संघर्ष गर्नुपर्छ, गरेका पनि छौ । पछिल्लो समय लुम्बिनि प्रदेशमा सरकार परिबर्तनले एमालेमा भुईचालो गएको सरकार परिवर्तनले संघियताको कार्यान्वयन सघाउ पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । प्रदेश सरकारबाट अब जनमुखि काम गर्दै महीलाको पक्षमा काम गर्ने दाबि गरेनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा महिला नेतृ नारायणी शर्माले महिलाको भूमिका हरेक परीबर्तनमा निर्णयाक भएको भन्दै महिलाको राजनितिमा सहभागिता बढन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, महिला सधै चुलो चौकामा होइन, राजनितिमा सहभागी हुन आवश्यक छ, त्यसको नेतृत्व माअ ोवादीले गर्छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी लमही नगर कमिटि अध्यक्ष माया घमालको अध्यक्षतामा र संघिकि केन्द्रीय उपाध्यक्ष दामा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादि लमही नगर सचिव वसन्त शर्मा बिक्रान्त ,संघकी जिल्ला अधयक्ष वालिका शर्मा लगायतले प्रशिक्षणात्मक मनतव्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण जया रावलले गर्नु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्