भदौ २३ मा संसद बैठक आह्वान गर्न सिफारिस – Kanika Khabar
Sunday, March 3Nepali News Portal

भदौ २३ मा संसद बैठक आह्वान गर्न सिफारिस

    मा प्रकाशित

भदौ १९, काठमाडौँ ।
सरकारले यही भदौ २३ गतेका लागि सङ्घीय संसदको दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन नयाय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले  बताउनुभयो ।

उहाँका अनुसार सरकारले सदन चलाउने जिम्मेवारी अनुसार निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफूले बैठक चलाउने बारेमा छलफल गरेको उहाँको भनाइ छ । स्थानीय र प्रदेशमा पनि एमाले फुटाउने अभियान चलाइएको छ । २२ गते सम्म यसलाई जारी राखेर भोलि पल्ट संसद बोलाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्