पार्टी फुटेको होइन, केही व्यक्तिहरु चोइटिएर गएका हुन् : अध्यक्ष ओली – Kanika Khabar
Friday, February 14Nepali News Portal

पार्टी फुटेको होइन, केही व्यक्तिहरु चोइटिएर गएका हुन् : अध्यक्ष ओली

    मा प्रकाशित

भदौ १९, दाङ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी विभाजन भएको नभएर केही बिग्रिएका व्यक्तिहरू चोइटिएर गएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीमा बिग्रिएका व्यक्तिहरू मन्त्री पदकै लागि मात्रै चोइटिएर गएको बताउनुभयो ।

अहिले पनि पार्टी भित्र झमेलाहरु बाँकी नै रहेको उहाँको भनाइ थियो । अहिलेको सत्तारुढ गठबन्धको आलोचना गर्दै ओलीले मन्त्री पदका लागि गठबन्धन भएको बताउनुभयो । कार्यकर्तालाई उच्च मनोबलका साथ अगाडि बढ्न अध्यक्ष निर्देशन पनि दिनुभयो ।

माधव नेपालले जहिले पनि पार्टीमा झमेला गरेर पार्टीलाई कमजोर बनाएको आरोप ओलीको थियो । माधब कुमार नेपालको नेतृत्व एमाले बिभाजन भएर नेकपा एकिकृत समाजवादी निर्माण भएपछि ओली झन् आक्रोसित बन्दै आउनुभएको छ ।

यसैबीच, अध्यक्ष ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता बारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले एमसीसीबारे देउवा र प्रचण्डको धारणा के हो ? भन्दै प्रश्न गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्