राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म – Kanika Khabar
Sunday, March 3Nepali News Portal

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म

    मा प्रकाशित

भदौ १९, काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्त भित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ ।

 

पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था गरिएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । अहिले सम्म नगर, जिल्ला र क्षेत्रबाट प्रतिनिधि छनोट हुने व्यवस्था भएकामा यसपटक त्यसको विकल्पमा नयाँ नियम लागू गरिएको छ ।

 

काठमाडौं जिल्लाको नयाँ कार्य समितिका लागि भने अधिवेशन आज देखि सुरु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्