काङ्ग्रेसको २१ जिल्लामा क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काङ्ग्रेसको २१ जिल्लामा क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी

    मा प्रकाशित

भदौ २०, दाङ ।
नेपाली काँग्रेसको क्रियाशील सदस्यताको सूची दिएका १९ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । अस्ति शुक्रबार ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको भएपनि हिजोसम्म ३७ जिल्लाको मात्रै वडा अधिवेशन भएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । काँग्रेसले गतशुक्रबारअघि ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको थियो ।

 

अझै २१ जिल्लामा क्रियाशिल सदस्यको सूची सार्वजनिक हुन बाँकी छ । ती जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ । करिब नौ लाखको सङ्ख्यामा रहेका काँग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ र नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गछन् ।

वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने काँग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् । देशभरका सबै ६ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने समितिका संयोजक यादवले जानकारी दिनुभयो ।

देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् । महाधिवेशनअन्तर्गत गाउँ र नगर वडा अधिवेशन भदौ १८, गाउँरनगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्