भारतको केरलामा लकडाउनको घोषणा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतको केरलामा लकडाउनको घोषणा

    मा प्रकाशित

भदौ २०, दाङ ।
भारतको केरला राज्यमा आज लकडाउनको घोषणा गरिएको छ । राज्यमा कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिन थालेपछि आज त्यहाँ लकडाउनको घोषणा गरिएको छ । केरलामा पछिल्लो समय कोरोना सङ्क्रमण दैनिक झन्डै ३० हजारकोे दरले थपिन थालेको छ । जसका कारण भारत सरकारले तेस्रो लहरको संकेत स्वरुप सबैलाई सतर्क र सावधान रहन आग्रह गरेको छ ।

 

गत २४ घन्टामा मात्रै केरलामा २९ हजार ६ सय ८२ नयाँ सङ्क्रमित थपिएका छन् भने १ सय ४२ जनाको मृत्यु भएको छ । समग्र भारतमा कोरोना सङ्क्रमणको पोजेटिभि दर जम्मा २ प्रतिशत रहेकोमा केरलामा मात्रै १७ दशमलव ५२ प्रतिशत पोजेटिभि दर देखिएको छ । लकडाउनको क्रममा आज राति नाइट कर्फ्यूको पनि घोषणा गरिएको छ भने अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएका छन् । साथै कक्षा ११ को परीक्षा पनि रोकिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्