नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

    मा प्रकाशित

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । नेपाल र भारतबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

 

साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका रहेको छ । नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्