बुवा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बुवा

    मा प्रकाशित


चेन्जु शर्मा 

बुबा शब्द आफैमा कति प्यारो छ ।आफैमा एउटा साहस, शक्तिशाली र सान्दर्भिक छ । आमाको ममतालाई नजिकबाट नियाल्न पाइन्छ सधैंभरि, बाहिर नै देखिने गरेर । सायद आमालाई त्यस्तै गुण दिएको होला। आमाको ममता सजिलै बुझ्न सकिन्छ । तर बुवाको माया, प्रेम , ममता, र स्नेह अलि फरक किसिमको  हुन्छ , अलि सुक्ष्म, बाहिरबाट सहजै नदेखिने तर भित्री रुपमा अत्यन्त गहन र सुदृढ, नरिवल जस्तै बाहिर कडा अनि भित्र एकदम नरम र मिठास भरिएको । बुवाको माया , ममता स्नेह निमको पात जस्तै हुन्छ खाँदा जति तीतो भए पनि त्यस्तो महत्त्व धेरै ।

बुवा केवल एउटा शब्द मात्र होइन, यो सत्य हो  एउटा शक्ति हो। यो सँग हरेक सन्तानका भावना र भरोसा गहिरो रूपमा जोडिएको हुन्छ । ठेस लाग्दा पनि हाम्रो मुखबाट निस्कने पहिलो शब्द नै ‘आईया बा ‘ हुन्छ। मानौं यो एउटा पावर हो जसबाट हामीलाई गज्जबको प्रेरणा प्राप्त हुन्छ । बुवा, माया स्नेहले भरिएको ठूलो आकाश हो ।

बुवा हुन्छ त घरमा प्रतिफको राग हुन्छ ।
बुवा हुन्छ त आमाको चुरा, टिका अनि सिन्दुर हुन्छ।
बुवा हुन्छ त छोराछोरीका सारा सपना आफ्ना हुन्छन् ।
बुवा हुन्छ त सारा श्रीष्टी आफ्नो हुन्छ।

मलाई यस सुन्दर श्रीष्टीमा टेक्न सिकाउने, मेरा कलिला हात समाई अघि बढाइदीने , आफू जल्दै मेरो जीवन प्रजोलित बनाइदिने मेरो प्यारो बुवालाई म भगवान भन्दा पनि माथिल्लो दर्जामा राख्छु । पहिलो सन्तानको रूपमा मलाई यसलाई धर्तीमा टेकाउने मेरो बुवालाई धेरै धेरै धन्यवाद अनि कोटि कोटि नमन ।हजुर जस्तो साहसी, माया गर्ने पिता हरेक छोरीको भाग्यमा होस ।

हामी तीन – दिदी बहिनी र भाई अनि हाम्रो भगवान आमा बुवा । हामी पाँचको सानो परिवार । खुसी सँग जिन्दगी बितिरहेको थियो । आमाको बुवाको छोरा छोरीको उज्ज्वल भविष्यको लागि संघर्ष चलिरहेको थियो ।माध्यम वर्गको भए पनि हामीलाई कहिले कुनै कुराको कमी महसुश हुन दिनु भएन।  ढिला चाँडो भएता पनि चाहेका सबै कुरा पूरा हुन्थ्यो । घरको जेठी छोरी भएकाले मेरो बिहे भइसकेको छ । घरमा सबै भन्दा सानो भाई । दुई दिदीको एउटा भाई एकदम प्यारो छ । समय राम्रै चलिरहेको थियो । तर समय सधैं एकनास नहुँदो रहेछ । समयले यसरी कोल्टो फेर्यो की जिंदगी नै उतलपुथल बनाइदियो ।

आज भन्दा करिब दुई वर्ष अगाडिको कुरा हो । आमाको फोन आयो, सधैं जसो थिएन यो फोन । आमाको बोलीमा छुट्टै डर थियो ,” बुवाको दात हालिएको धेरै भयो फाल्न जानु भनेको मान्नु हुन्न, गाला पनि सुनिएको छ कतै मुख भित्र घाउ पो भयो कि” आमाको कुरा सुन्दा जति सामान्य सुनियो वास्तविक जीवनमा भोग्दा त्यतिनै भयानक भयो ।
एक दुई दिन पछि बुवालाई फोन गरेर सोधे भन्नुभयो डेन्टिस्ट लाई देखाएको डराउन पर्दैन दात फालेपछि निको हुन्छ भन्यो, दात फालियो तर निको भएन। धेरै समय सम्म निको नभए पछि मनमा डर पलाउन थाल्यो । आफ्नो पूरा जीवनमा सिटामोल पनि नखाएको मेरो बुवालाई आफै निको हुन्छ भन्ने भ्रम थियो ।

एक दुई महिना सम्म निको नभए पछि डर झन् बढ्न थाल्यो । यसको थप उपचार गर्नु पर्ने देखियो । सबैको सल्लाह अनुसार चितवनमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जाने निर्णय गरियो। २०७५ पौष ०७ गते आमा  बुवा भएर जानु भयो । हाम्रो फोनमा कुरा समय समयमा भइरख्थ्यो ।रिपोर्ट आउन समय लाग्ने भएकाले २-४ दिन उतैको बसाई भयो।  रिपोर्ट आयो डाक्टरलाई देखाए पछि फोन आयो बुवाको, सोधे के भयो भनेर ” एकदम मलिनो स्वरमा बोल्नु भयो-  नानी chemo लगाउन पर्छ भन्छन त्यही त होला” । म केहि बोल्न सकिन, मुटुले ठाउँ छोड्यो, आँखा अगाडि अन्धकार छायो । शरीर शिथिल भयो । केइ नबोली फोन राखिदिए । एकछिन पछि फेरि आमाको फोन आयो, बोल्ने हिम्मत आएन फोन उठाइन, लगातार फोन आइरख्यो अनि उठाए ,” नानी कत्ति पनि चिन्ता नगरेस है, हेर त म आतिएकी छैन” आमाले आफ्नो पीडा लुकाएर हिम्मत सँग बलेको शब्दले झन् भावुक बनायो । आफूलाई सम्हाल्नै सकिन । अब हामीले आपसमा हिम्मत जुटाएर अगाडि बढ्नु बाहेक अरु विकल्प नै थिएन ।

2075 साल पुस १७ गते बुवालाई पहिलो डोजको chemo लगाउन सुरु गरियो, लगातार ५ दिन सम्म लगाउन पर्ने थियो र त्यसको २१ दिन पछि अर्को डोज त्यो पनि ५ दिनको थियो । Chemo को कारणले दिन प्रतिदिन बुवाको शरीर गल्दै गयो तर आत्मविश्वास र हिम्मत भने कहिले गलेन। यही प्रक्रियामा २१ दिन पछि अर्को chemo लाई लगाईयो । Chemo लगाउने शिशिलामा धेरै दुःख र पीडा खप्नु पर्यो बुवालाई । अचानक रगत बन्ता पनि भयो र तुरुन्तै चितवन पुर्याउने अवस्था आयो । अवस्था एकदम गम्भीर हुन पुगेको थियो, मनमा अनेक थरीका कुरा खेल्न थालेका थिए। मनले नराम्रो बाहेक अरु कुनै कुरा सोच्न सकिरहेको थिएन।   ३  दिन पछि मात्र बुवाको बोली सुन्न पाइयो ,त्यो पल हामीहरूको लागि कुनै युद्ध जिते भन्दा कम थिएन । एउटा आशाको किरण मनमा पलायो ।  खुसीको कुनै सिमनै रहेन।

फाल्गुन २५ गते करिब ९ घण्टाको लामो समय पछि बुवाको operation सफल भएको कुरा dr. ले जानकारी दिनु भयो। मन एकदम खुसी भयो अब रोग फालियो अब त केइ हुँदैन भन्ने भयो । OT bata ICU मा ट्रान्सफर गरियो । Major operation भएकोले घाउ निकै नाई ठूलो थियो मुखमा हेर्ने सम्म हिम्मत आएन । त्यो पीडा सहन बुवालाई कति गार्हो भयो होला म कल्पना समेत गर्न सक्दिन । दिन, हप्ता, महिना गर्दै समय बित्दै गयो र बुवाको घाउ पनि निको हुँदै गयो । मुखको operation भएको हुनाले खाना खान मिल्दैनथ्यो । नाक मा पाइप राखिएको थियो र त्यही बाट झलीलो पदार्थ मात्र खान मिल्थ्यो। १ महिनाको लामो बसाई पछि डिस्चार्ज गरियो र फेरि हामीलाई ४५ दिन मा radiation को लागि बोलाइयो । Radiation को कुराले बुवा डराउन थाल्नु भयो पछि सम्झाई बुझाई गरेपछि फेरि हिम्मत जुटाउनु भयो ।

२०७६ वैशाखमा radiaton को लागि चितवन गयौं । Radiation को लागि सबै प्रोसेस पूरा भयो । त्यतिबेला सम्म बुवालाई अलि सञ्चो पनि भइसकेको थियो । Operation गरेको रिपोर्ट पनि आयो, म आफैले लिन गए । मनमा डर एकदम थियो के आउँछ रिपोर्टमा भनेर । Report समाउँदा कता कता डर लागे जस्तो भयो कतै केही गलत त छैन । भोलि पल्ट doctor लाई रिपोर्ट देखाए, बुवाको क्यान्सर चौथो चरणमा पुगिसकेको रहेछ। जिन्दगी नै रितिए जस्तो अनुभव भयो, आशा, विश्वास, हिम्मत सबले साथ छोडेको अनुभव भयो । आमा बुवाको मुख मा हेर्ने हिम्मत पनि जुटेन । कसैलाई पनि भन्न सकिन । आमालाई भन्छु भनेर भनेर धेरै पटक हिम्मत जुटाए तर बोली आएन। Radiation को  प्रकृया  सुरु भयो । Radiaton दिँदै जाँदा खान नमिल्ने हुन थाल्यो मुखको भएको हुनाले खान र बोल्नमा धेरै कठिनाई भयो । त्यो पीडा सहन नसकेर बुवा एक्लै बसेर रुनुहुन्थ्यो तर हामीलाई  आफू त्यस्तो अवस्थामा हुँदा पनि आफ्नो आँसु कहिले देखाउनु भएन। हाम्रो अगाडि एकदम हिम्मतिलो भएर आउनुहुन्थ्यो। हिम्मत र रोग सँग लड्ने साहस धेरै थियो । हरेक पीडा सँग सम्झौता गर्दै बुवा को radiation सकेर घर फर्कियौं ।

सोही वर्ष भाद्र २१ गते बुवालाई फेरि रगत वान्ता भयो र तुरुन्तै चितवन जानु पर्ने भयो ।  Ambulance मा गयौं । आफ्नो त्यस्तो अवस्था हुँदा पनि उहाँको मुखमा मुस्कान थियो ताकि हामी धेरै नआतिम भनेर । १० दिन सम्म हस्पिटल बस्यौ धेरै टेस्ट हरु पनि भयो । Discharge को दिन आयो ,doctor ले सबै रिपोर्ट हेर्यो र एकदम नराम्रो खबर सुनायो । अब सञ्चो हुँदैन घर जानु भनेर बिदा दियो। त्यो chemo लगाउँदा को दुःख , major operation को पीडा र radiaton को यातना को केही फल प्राप्त भएन । आशाहरु सबै निराशामा परिवर्तन भएँ । आमालाई हिम्मत जुटाएर सबै कुरा भनिदिए । एक अर्काको हिम्मत बनेर हामी बुवालाई लिएर घर फर्कियौ। दिन प्रतिदिन बुवाको शरीर गल्दै गयो र असोज १० गते बुवा सदाको लागि अस्ताउनु भयो। जिन्दगीबाट बुवा शब्द नै मेटियो।
अन्तिम समयमा पनि मैले राम्रो सँग भेट्न पाएन। म पुग्दा घोराही को दीपज्योति अस्पतालमा बुवा को एकहोरो मात्र सास चलिरहेको थियो , मानौं त्यो सासले मलाई नाई कुरेर बसेको जस्तो ,म पुगेर हात सुम्सुम्याउदै बुवाको स्पार्षको महसुस गर्दा त्यो अचेत अवस्थामा बुवाको आँखाबाट झरेको आँसुले पनि सायद छोरी कुरेर बसेको रहेछ। राम्रो सँग हेर्न पनि नपाउँदै बुवाको मुख ढाक्नु पर्ने अवस्था आयो।

हाम्रोलागि त आमा हुनुहुन्थ्यो तर मेरी आमाको त संसार नै उजाडियो । रंगीन संसार सबै बेरंगिन भए । आफ्नी आमालाई त्यो सेतो कपडामा बरिएको देख्नु , सानो भाई बुवाको हात समाएर हिँड्नु पर्ने समयमा बुवाको कृयकर्म पूरा गर्दै थियो। यो दिन देख्नु जस्तो ठूलो पीडा त मलाई के हुन्छ र अब।
बुवाको सम्झनामा पनि खुलेर रुन छूट थिएन मलाई। त रुनु हुँदैन, जसरी भएपनि सम्हालिनु पर्छ । घरको जेठी छोरी अब सबैलाई सम्हाल्नु पर्छ । आमा भाई बहिनीलाई सम्झाउनु पर्ने मान्छे आफू रोएर हुन्छ भनेर सबैले मलाई एकिसिमको सद्भावपूर्ण दबाब दिनुभएको थियो र म पनि सकेसम्म सम्हालिन कोसिस गरे र गरिरहेकी छु अहिले पनि ।

बुवा हजुर जहाँ हुनुहुन्छ खुसी रहनु, आफ्नो आशीर्वाद सधैं हामीलाई दिराख्नु । हजुर भौतिक रूपमा हामीमाझ नभए पनि  हामी हजुरलाई महसुस गर्छौ। हजुरको एकदम याद आउँछ। सपनीमा भए पनि एक पटक बोल्नु मन छ, हजुरको बोली सुन्नु मन छ र सोध्नु मन छ हजुर लाई साँच्चै हुनुहुन्छ हजुर भनेर । हजुरको वैकुण्ठमा बास होस । बुवा।
बुवा हजुरलाई आज पार्न गएको कुशे औंसीको धेरै धेरै शुभकामना र मिठो सम्झना ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्