पार्टीलाइ जेठ २ को संरचनामा फर्काउन मुस्किल छ : एमाले अध्यक्ष ओली – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पार्टीलाइ जेठ २ को संरचनामा फर्काउन मुस्किल छ : एमाले अध्यक्ष ओली

    मा प्रकाशित

भदौ २३, दाङ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाइ पूर्ण रुपमा जेठ २ को संरचनामा फर्काउन संभव नरहेको बताउनुभएको छ ।
माधवकुमार नेपाल समूह छाडेर एमालेमा बसेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरिरहेका बेला अध्यक्ष ओलीले भने जेठ २ मा जस्ताको त्यस्तै फर्किन सम्भव नभएको बताउनुभयो । हिजो मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओलीले जसो गर्दा समस्या समाधान हुन्छ त्यसो गर्ने बताउनुभयो ।

पार्टीमा विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिमा पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने उल्लेख थियो । तत्कालिन माओवादी केन्द्रका नेताहरु पनि हाल एमालेमा नै रहेकाले १० बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्न नसकिने उहाँको भनाइ थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्