आज संसद बैठक बस्दै – Kanika Khabar
Saturday, December 10Nepali News Portal

आज संसद बैठक बस्दै

    मा प्रकाशित

भदौ २३, दाङ ।
आज अपराह्न ४ बजे बस्ने संघीय संसद् अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले ब्यक्तिगत दुरी कायम गर्ने गरी सिट ब्यवस्था गरेको, सांसदको बैठक कक्षमा प्रवेश गर्नु अघि तापक्रम नाप्ने, स्यानिटाइजर, मास्क लगायतको व्यवस्थापन गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

यो पटक संसद बैठक बस्नुअघि कोरोना परिक्षण भने नगरिने भएको छ । सरकारले लकडाउनको अन्त्य गरेर सामान्य अवस्था बनेको र सम्पूर्ण सांसदहरुलाई कोभिड बिरुद्धको दोश्रो मात्रा खोप लगाइएकाले कोरोना परिक्षण नगरिने भएको हो ।

गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति बिद्या भण्डारीले भोलीका लागि संघीय संसद बैठक आह्वान गर्नुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्