देउखुरीकै नमुना वन क्षेत्रको रुपमा उदय हुदैँ राजपुरको ‘श्रीशक्ति वन’ – Kanika Khabar
Friday, December 13Nepali News Portal

देउखुरीकै नमुना वन क्षेत्रको रुपमा उदय हुदैँ राजपुरको ‘श्रीशक्ति वन’

    मा प्रकाशित

शिवु खनाल
दाङ, २३ भदौ ।
श्रीशक्ति समुदायिक वन उपभोक्ता समूहले देउखुरीकै नमुना वन क्षेत्रको रुपमा वन विकास गर्ने भएको छ । अतिक्रमण, वन फडानी, डढेलो लगायतका कारणले वन मासिदै गएको बेला डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीको मातहतमा रहेको श्रीशक्ति सामुदायिक वन देउखुरी क्षेत्रकै नमुना वनका रुपमा स्थापीत हुँदै आएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा रहेको श्रीशक्ति सामुदायिक वनलाई नमुना योग्य वन बनाउँने योजना अगाडि सारेको वनका अध्यक्ष नरबहादुर कार्कीले बताउनुभयो । वन क्षेत्रमा अहिलेसम्मकै नमुना कामको सुरुवात गरि नमुना अभियानको सुरुवातलाई प्राथमिकतामा राखेर राजपुर गाउँपालिकाकै पहिलो वन क्षेत्रको रुपमा विकास गर्ने उहाँले बताउनुभयो । यस विषयमा वनका अध्यक्ष नरबहादुर कार्कीले श्रीशक्ति सामुदायिक वनलाई पालिकाकै नमुना वन बनाउन लागी अहोरत्र लागि परेको उहाँले बताउनु भएको छ ।
नमुना सामुदायिक वन बनाएर यसक्षेत्रका बासिन्दाको आयआर्जन र जीवनस्तर उकास्दै दिगो वन व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सामुदायिक वनमा क्षेत्रमा विभिन्न प्रजातीका जडिबुटी लगाउने योजना रहेको जानकारी दिनुभयो । उहाँले सामुदायिक वनको विकास र व्यवस्थापन राम्रोसँग गर्न सके स्थानीयको जीवनस्तर उकास्न सकिने र नमुना सामुदायिक वन बनाउने योजनामा सबैले स्थानीय वन उपभोक्ता सदस्यले साथ दिन उहाँले आग्रह गर्नुभयो । साथै उहाँले संघ, प्रदेश र स्थानीय सरकारले विनियोजन गरेको बजेट लिएर सामुदायिक वनले वन व्यवस्थापनको काम गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यतीमात्र नभएर सामुदायिक वनको उत्पादनलाई उद्योग, रोजगार तथा आयआर्जनसँग जोडेर स्थानीयको जीवनस्तर उकास्नुपर्ने बताउनुभयो ।
परम्परागत वनलाई व्यवस्थित गर्दै आयमूलक काममा सामुदायिक वनलाई जोड्न सके मात्र सामुदायिक वनको महत्व बढेर जाने बताउनुहुदैँ, कम आयश्रोत भएका वनहरुलाई नमुना सामुदायिक वनको रुपमा विकास गरी आयआर्जन गर्नुपर्ने आजको आवश्यकता रहेको उहाँले विचार व्यक्त गर्नुभयो । सामुदायिक वनको विकासको लागि स्थानीय पालिकाको तर्फबाट सक्दो सहयोग हुन समेत आवश्यक रहेको औल्याउनुभयो । ‘श्रीशिक्त सामुदायिक वनलाई नमुना सामुदायिक वनको रुपमा विकास गर्ने उद्देश्य राखिएको छ । वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ भ्युटावर समेत निर्माण गर्ने योजनामा अगाडि बढाएका छाँै, उहाँले भन्नुभयो ।’     

तेह्र वर्षपछि वन नविकरण…
२०६४ साल देखि यता वन नविकरण हुन नसक्दा स्थानीयहरुले वन कार्यालयबाट प्रदान गरिने विभिन्न सेवा सुविधाबाट बञ्चित हुदै आइरहेका थिए । वन कार्यालयको विभित समस्याका कारणले गर्दा वन नविकरण हुन नसकेको हो । वन नविकरण सम्बन्धी कोही कसैले चासो देखाएनन् । समिति गठन हुन्छ तर, नविकरण तर्फ कसैको ध्यान पुगेन, ‘श्रीशिक्त सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नरबहादुर कार्कीले भन्नुभयो,—। ‘तेह्र वर्षपछि वन नविकरणको काम भएको छ । नविकरण नहुँदा वन संरक्षण बाहेक अन्य केही काम अगाडि बढाउन सकिएको थिएन । नविकरण नहुँदा यहाँका स्थानीयहरुले वनको उपभोग गर्नबाट बञ्चित भएको थिए ।’ स्थानीय उपभोक्ताहरुलाई ध्यानमा राखेर वन क्षेत्रको ७० हेक्टर क्षेत्रफल चरिचरणको यरिया तोकीएको छ ।
यस्तै चालु आर्थिक ०७७÷०७८ बर्षमा वन संरक्षण, विकास र व्यवस्थापनमा उत्कृष्ट भएको भन्दै श्रीशक्ति सामुदायीक वन उपभोक्ता समूहलाई डिभिजन वन कर्यालय दाङ (देउखुरी) लमहीले नगद सहित प्रमाणपत्रले सम्मान गरेको थियो । राजपुर गाउँपालिका वडा नं. २ स्थित श्रीशक्ति सामुदायीक वन उपभोक्ता समुह तेस्रो भएको थियो । यस सामुदायीक वनका अध्यक्ष नरबहादुर कार्कीलाई डिभिजन वन कर्यालय दाङ (देउखुरी) लमहीले नगद १४ हजार रुपैयाँ प्रदान गरेको हो ।।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्