अछाममा परीक्षा फारम भरेका विद्याथीको प्रवेश पत्र आएन, ४ विद्यार्थीको मेहनत खेर गयो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अछाममा परीक्षा फारम भरेका विद्याथीको प्रवेश पत्र आएन, ४ विद्यार्थीको मेहनत खेर गयो

    मा प्रकाशित

एकेन्द्र खत्री
भदौ २३, अछाम ।
अछामको सदरमुकाम मंगलसेनमा रहेको अछाम बहुमुखी क्याम्पसमा परीक्षाको फारम भरेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । स्नातकोत्तर तहको तेस्रो सेमेस्टरका लागि परीक्षाको फारम भरेका विद्यार्थीहरूले परीक्षा दिन नपाएका हुन् ।

स्नातकोत्तरको पहिलो र दोस्रो सेमेस्टरको परीक्षा दिनुभएका मंगलसैन नगरपालिका वडा नम्बर ९ का सविता भट्टराईले स्नातकोत्तर तेस्रो सेमेस्टरको परीक्षा दिन क्याम्पस पुगेपनि प्रवेश पत्र नभेटिएको बताउनुभयो । परीक्षा दिनका लागि होम सेन्टरमा पुगेकी भट्टराईको मात्रै नभई अन्य ४ जना विद्यार्थीको समेत प्रवेश पत्र नभेटिँदा उनीहरू पनि परीक्षा दिनबाट वञ्चित भएका छन् ।

क्याम्पसको लापरबाहीका कारण परीक्षा प्रवेश पत्र नआएपछि यस अघिको सेकेन्ड सेमेस्टरको परीक्षामा सहभागी हुन नपाएको विद्यार्थीको छ । परीक्षार्थीहरुले परीक्षामा सहभागी हुनका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेका थिए , तर उनीहरूको प्रवेश पत्र नआएको उनीहरुको गुनासो छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्