दाङको सीमा क्षेत्र : मोबाइल र सिम छ, नेटवर्क छैन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दाङको सीमा क्षेत्र : मोबाइल र सिम छ, नेटवर्क छैन

    मा प्रकाशित

शिवु खनाल
दाङ, २४ भदौ ।
भारतसंग जोडिएको दाङको सिमा क्षेत्रमा नेपला टेलिकमको नेटवर्क नहुँदा आफुहरुलाई समस्या भएको स्थानीय नाकाबासीहरुले बताएका छन् । राजपुर गाउँपालिका विशेषगरी सिमाक्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा भारतसंग जोडिएका दाङका अधिकांश नाकाक्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई समस्या भएको नाकाबासीको भनाई छ । गाउँपालिकाको अधिकांश ९१, ६ र७० वडाको बस्तीमा टेलिकमको नेटवर्क नआउँदा फोनगर्न डाँडा खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । गाउँपालिकाको सिमाक्षेत्रमा नेपाल टेलिकमको टावर निर्माण थालेको दुईवर्ष हुन लाग्दा पनि हालसम्म सञ्चालनमा नआएको भैसाहीँनाका निवासी स्थानीय पूर्णबहादुर रोकाले बताउनुभयो । ‘घरबाट टेलिकमको टावर देखिन थालेको दुईवर्ष भयो, तर आजसम्म मोबाइलमा नेटवर्क छैन, उहाँले भन्नुभयो ।

No description available.

यता राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानका निवासी मंलगसेनले नाकाको मुख्य समस्या भनेकै सञ्चार भएको बताउनुभयो । सञ्चार सेवा नहुदाँ धेरै कामबाट आफुहरु बञ्चित हुनु परेको उहाँले बताउनुभयो । एककल फोन गर्न डाँडाकाडा उक्लिनु पर्ने बाध्यता रहेको छ । फोन गर्न जादाँ भिर पखेराबाट छरिने हो कि भन्ने डर छ, उहाँले भन्नुभयो । गाउँपालिकाको कार्यालयमा नेटवर्क नआउँदा सेवा प्रवाहमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत राप्रसाद खनालले बताउनुभयो । अति आवश्यक काम पर्दा फोन गर्न कार्यालय छाडेर बाहिर डाँडातिर निस्कनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । भारतसंग जोडिएको दाङमा साना ठूला गरि ३४ वटा सिमाक्षेत्रहरु रहेका छन् ।
जसमध्य गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाका बाहेक अन्य कुनै पनि नाकाक्षेत्रमा सञ्चारको सेवा नहुदाँ वर्षेनी नाकाबासीहरुले सास्ती खेप्दै आएका हुन् । सिमाक्षेत्रमा नेपाल टेलिकमको टावर नहुदाँ नाकामा बसोबास गर्ने नाकाबासीहरुले भारतीय सिमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी हेमराज गिरीले बताउनुभयो ।

No description available.

यता राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले नाका क्षेत्रमा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । राजपुरको १ नम्बर वडाको पटौलीनाका र ७ नम्बर वडाको सुन्पत्थरीनाका जोड्ने भिरमा टावर निर्माण टावर निर्माणको काम लगभग अन्तीम चरणमा पुगेको छ । केही प्राविधिक कुराहरु बाकी छन् । त्यो पनि अव दुई महिना भित्रमा संचालनमा ल्याउने तयारीमा छाँै, अध्यक्ष केसीले भन्नुभयो । वर्षात सकिय लगत्तै राजपुरको ६ नम्बर वडाको खांग्राामा पनि तत्कालै टावर निर्माणको काम सुरु हुने उहाँले बताउनुभयो । कोरोनाको समस्याको कारण टावर सञ्चालनमा ल्याउन ढिला भएको पनि उहाँले बताउनुभयो ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्