काङ्ग्रेस महाधिवेशन : भदौ २७ गतेको स्थानीय तहको तालिका प्रभावित हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : भदौ २७ गतेको स्थानीय तहको तालिका प्रभावित हुने

    मा प्रकाशित

भदौ २४, दाङ ।
महाधिवेशनको चटारोमा देखिएको नेपाली काङ्ग्रेसको सार्वजनिक भएको निर्वाचन सयम तालिका प्रभावित पर्ने निश्चितप्रायः भएको छ । भदौ २३ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने गरी तालिका सार्वजनिक भए पनि अझ २१ वटा जिल्लामा क्रियाशील सदस्यता विवाद यथावत् रहेको छ ।

२१ जिल्लाको क्रियाशील सदस्यता विवाद बिहीबारसम्म नटुङ्गिएकाले २७ भदौमा तोकिएको स्थानीय तह अधिवेशनको तालिका प्रभावित हुने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले २७ गतेको पालिका अधिवेशनको तालिका प्रभावित हुने बताए ।

२१ जिल्लाको वडा अधिवेशन नै सुरु नभएकाले स्थानीय तह अधिवेशन २७ गते सम्भव नभएको संयोजक लेखकले बताए । संयोजक लेखकले थपे, ‘सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भएपछि मात्रै स्थानीय तह अधिवेशन गर्ने कि भन्ने कुरा उठेको छ ।’ त्यस विषयमा नेताहरूसँग छलफल भएर निर्णय हुने उनले बताए ।

सबै जिल्लाको वडा अधिवेशन सकेपछि देशभर स्थानीय तहको अधिवेशन एकै दिन गर्ने विषयमा पनि पाटीृमा छलफल भएको काङ्ग्रेसले बताएको छ ।

स्थानीय तहको अधिवेशनको मिति पर सारेर एकै मितिमा गर्ने परामर्श भइरहेकाले वडा अधिवेशन सम्पन्न भएका ५६ जिल्लाको स्थानीय तह अधिवेशन पनि २७ गते नहुने देखिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्