एमसीसीमा एमाले अध्यक्ष ओली : एमसीसी कम्प्याक्टबारे सरकारको धारणा आएपछि मात्र एमालेले धारणा बनाउने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एमसीसीमा एमाले अध्यक्ष ओली : एमसीसी कम्प्याक्टबारे सरकारको धारणा आएपछि मात्र एमालेले धारणा बनाउने

    मा प्रकाशित

भदौ २४, दाङ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी कम्प्याक्टबारे सरकारको धारणा आएपछिमात्र एमालेले धारणा बनाउने बताएका छन् । चार दिने नेपाल भ्रमणका लागि आज बिहीबार नेपाल आइपुगेको अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डलले एमाले अध्यक्ष ओलीसँग बुधबारै भेटवार्ता गरेको हो ।

एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल ओलीसँग छलफलका लागि ओली निवास बालकोट पुगेको थियो । बालकोटमा भएको २ घण्टा लामो छलफलमा एमाले अध्यक्ष ओलीले एमालेले एमसीसीबारे सरकारको धारणा पर्खने बताएका हुन् ।

ओली प्रधानमन्त्री हुँदा एमसीसी कम्प्याक्ट अनुमोदनको प्रयास भएको थियो । तर तत्कालीन नेकपामा प्रचण्डलगायतका नेताहरुले कडा विरोध गरेका थिए । अहिले पनि एमसीसीको विरोधमा रहेका एमाले उपाध्यक्ष भीम रावल ओलीसँगै छन् ।सरकारबाट हटेपछि ओलीले एमसीसीबारे आफ्नो पूर्व अडान परिवर्तन गरेका छन् ।

छलफलमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार एमसीसी प्रतिनिधिमण्डलसँगको छलफलमा ओलीले एमसीसी कम्प्याक्ट अनुमोदन गर्ने विषयमा सरकारले आफूसँग कुनै छलफल नगरेको जनाएका थिए । उनले आफू सरकारमा रहँदा अनुमोदनको प्रयास गरेको तर आफ्नै पार्टीका केही नेताहरुका कारण हुन नसकेको बताएका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्