कुकुर छाडा नछोड्न तुलसीपुरका मेयरको अपील – Kanika Khabar
Wednesday, December 7Nepali News Portal

कुकुर छाडा नछोड्न तुलसीपुरका मेयरको अपील

    मा प्रकाशित

तुलसीपुर, २५ भदौ ।
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कुकुरहरुलाई छाडा नछोड्न अपिल गर्नुभएको छ । बौलाह कुकुरको टोकाईबाट तुलसीपुर उपहामनगरपालिका–२ र ८ नम्बर वडामा बिहीबार दर्जन बढी नागरिक र पशुचौपाया घाइते भएपछि नगर प्रमुख पाण्डेले यस्तो अपिल गर्नुभएको हो ।

 

बौलाह कुकुरको संख्या बढ्दै गएको र छाडा छोडिएका कुकुर समेत रेबिजबाट संक्रमित हुनेभएकाले सुरक्षाका लागि घरमा पालिएका कुकुहरुलाई छाडा नछोड्न अपिल गर्नुभएको हो ।

कहि कतै कुकुरले टोकेमा सम्बन्धित वडामा सम्पर्क गर्न र बौलाह कुकुर देखिएमा त्यसलाई नियन्त्रणमा लिएर व्यवस्था गर्न वडाबासी, सुरक्षाकर्मी सबैमा अपिल गर्नु भएको छ । बिहीबार तुलसीपुर २ र ८ नम्बर वडामा बौलाह कुकुरको टोकाईबाट दर्जन बढी सर्वसाधारण नागरिक र पुशचौपाया घाइते भएका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्