सदनमा प्रस्तुत हुने तयारीका लागि एमालेको स्थायी कमिटी बैठक बस्दै – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सदनमा प्रस्तुत हुने तयारीका लागि एमालेको स्थायी कमिटी बैठक बस्दै

    मा प्रकाशित

भदौ २५, काठमाडौँ ।
संसदको चालु अधिवेशनमा पार्टीको भूमिका र विधान महाधिवेशनमा पेश गरिने राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि छलफल गर्न प्रमुख विपक्षी दल नेकपा एमालेले आजका लागि स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो चार बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

बैठकमा प्रतिनिधि सभाको आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा पनि छलफल हुने उहाँको भनाइ छ । असोज ६ र ७मा हुने एमालेको विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमातयार हुँदैछ भने विधान संशोधन मस्यौदा उपमहासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वको टोलीले तयार गर्दैछ । स्थायी कमिटी बैठकको निर्णय २७ भदौमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेगरी काम भइरहेको सचिव तामाङले बताउनुभयो ।एमालेले आगामी मंसिर १०देखि१२ सम्म मगर्नेगरी दशौं राष्ट्रिय महाधिवेशनको मिति तय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्