एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने प्रचण्डको भनाइ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने प्रचण्डको भनाइ

    मा प्रकाशित

भदौ २५, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको छ । आज विहान आफ्नै निवास खुमलटारमा नेपालभ्रमणमा रहनुभएका एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँगको भेटमा प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति वा कम्तीमा सत्तारूढ दलहरूबीच एकमत हुनुपर्ने प्रचण्डले बताउनुभएको हो ।

 

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अनुसार विवादका बेला यसलाई एकल रूपमा अगाडि बढाउन गाह्रो हुने बताउनुभएको थियो । भेटमाएमसीसी अगाडि बढाउने र यसमा उठेका प्रश्नबारे प्रस्ट पार्ने प्रयास भएको थियो ।

 

यसअघि हिजो सुमारसहितको एमसीसीको उच्च नेतृत्वले प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईलाई भेटेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्