जाजरकोटमा दादुराका विरामी भेटिए – Kanika Khabar
Thursday, April 18Nepali News Portal

जाजरकोटमा दादुराका विरामी भेटिए

    मा प्रकाशित

भदौ २६, जाजरकोट ।
जाजरकोटमा दादुराका विरामी भेटिएका छन् । नेपालले सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको भएपनि अहिले दादुराका बिरामी भेटिएका हुन् । जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा भएको पाइएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले जानकारी दिनुभयो ।

दादुराका विरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाबाट संयुक्तरूपमा स्थलगत अनुगमन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्